संयुक्त अपरेसनमा १२२ चिनियाँ पक्राउ : चीन (फाइल फाेटाे – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङ)

काठमाडौँ — शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा सोमबार काठमाडौंबाट चिनियाँ नागरिक पक्राउमा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको चीन सरकारले जनाएको छ ।

फाइल फाेटाे – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङ

चिनियाँ विदेश मन्त्रालयले मंगलबार सीमा अपराध र साइबर क्राइममा संलग्न रहेको अभियोगमा उनीहरु पक्रन दुवै देशको प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको जानकारी गराएको हो।

मंगलबार चीनको विदेश मन्त्रालयले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको जानकारी गराएको हो। पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोग लागेको चीन सरकारले जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले मंगलबार नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त पहलमा उनीहरु पक्राउ परेको उल्लेख गरेका छन्। पक्राउ परेका सबैविरुद्ध मंगलबार

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको बताएको छ।

‘के तपाईँसँग यस विषयमा कुनै विवरण वा टिप्पणीहरू छन्?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा प्रवक्ता गेङले भने, ‘मेरो जानकारीअनुसार सीमापार अपराध, साइबर अपराधलगायत कसूरमा उनीहरुलाई पक्राउ गरिएको हो, यो विषय अनुसन्धानका क्रममा छ। यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सञ्चालन गरिएको एक ठूलो अपरेसन हो। हामी नेपालसँग सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकबीच मैत्रीपूर्ण आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहनेछौं।’प्रकाशित : पुस ८, २०७६ १७:२१